गोली हानेर ९ लाख रुपैयाँ लुट्ने दुईजना पक्राउ

 जेठ १३, २०७५ आइतबार १२:१२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनगढीमा आईएमई सेन्टरका कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटेर भागेका दुईजनालाई प्रहरीले अत्तरियाबाट पक्राउ गरेको हो ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार लुटपाट गरेर भागेका उनीहरु पक्राउ परेका हुन् ।

लु ४० प ४४३८ नम्वरको मोटरसाईकलमा आएका दुई जनाले धनगढीको सब्जीमण्डीमा कार्कीमाथि गोली प्रहार गरी बैंकबाट झिकेको रकम लुटेर भागेका थिए । घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया