काेशी अस्पतालमा काेराेना उपचार गराइरहेका ६ भारतीय 'डिस्चार्ज'

 बैशाख २४, २०७७ बुधबार १०:४७:१५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – विराटनगरमा रहेको कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ जनालाई बुधबार डिस्चार्ज गरिएकोछ । प्रदेश सरकारले निर्माण गरेको कोरोना उपचार केन्द्रमा रहेका ३१ जनामध्ये ६ जनालाई डिस्चार्ज गरिएको हो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना उपचार केन्द्रमा रहेकामध्ये स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिनुभयो । डिस्चार्ज गर्न पहिला ६ जनाको तीन पटक कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा तीन पटक नै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मन्त्री घिमिरेको भनाइ छ ।

उदयपुरको भुल्केबाट गएकाे वैशाख ५ र ६ गते अस्पतालमा ल्याएर भर्ना गरिएका १३ जनामध्ये ६ जनामा कोरोना भाइरस नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुने ६ जना नै भारतीय नागरिक हुन् । 

कोरोना भाइरस नेगेटिभ देखिएका ६ जनालाई रानी मर्कजको क्वरेण्टीनमा पठाइएकाे कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सङ्गीता मिश्राले जानकारी दिनुभयो । उनीहरुलाई त्यहाँ बस्नको लागि व्यवस्थापन मिलाईएको उहाँको भनाइ छ । उनीहरुको बिदाइ गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमायाँ गजमेर, सचिव रविराज पन्तलगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु उपस्थित थिए ।

भारतको दक्षिण दिल्ली घर भएकामध्ये ६ जना डिस्चार्ज भएका हुन् । गएकाे मङ्सिर २५ गते नेपाल प्रवेश गरेका उनीहरु विभिन्न ठाउँ हुँदै उदयपुरको त्रियुगा नगरपालिकाको भुुल्केमा रहेको बेला कोरोना सङ्क्रमण भेटिएको थियो । उनीहरुसहित भुुल्के क्षेत्रबाट २८ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि उपचारको लागि कोरोना विशेष अस्पतालकाे कोभिड उपचार केन्द्र विराटनगर ल्याइएको थियो ।

नेपाल प्रवेश गरेर सुरुमा बसेकाे रानी मर्कजमा नै उनीहरुलाई राखिने भएकाे हो । ६ जना डिस्चार्ज भएपछि विराटनगरकाे कोभिड उपचार केन्द्रमा अहिले २५ जना उपचारत छन् । 

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा २२ जना निको भएका छन् ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया