विदेशमा रहेका ४ लाख नेपाली स्वदेश फर्कन इच्छुक, आवश्यक तयारी गरेर ल्याउन सांसदहरुको माग

 वैशाख २४, २०७७ बुधबार १६:४५:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेशमा रहेका ४ लाखभन्दा धेरै नेपाली स्वदेश फर्कन खोजेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कोरोनाको कारण रोजगारी गुमाएका २ लाखसहित भिसा म्याद सकिएका तथा आममाफी पाएका गरी चार लाखाभन्दा बढी नागरिक नेपाल फर्किन चाहेको प्रतिवेदन मन्त्रालयले बुधबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रस्तुत गरेको हो ।

नेपालीलाई स्वदेश फर्काउन माग

बैठकमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सांसदहरुले माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन ।

नेकपाका वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई ल्याउनुपर्ने बताउनुभयो । लामो समय क्वारेण्टीनमा बसिसकेका तर अहिले समस्या रहेका र विभिन्न प्रयोजनमा रहेका नागरिकलाई नेपाल ल्याउन सकिए राम्रो हुने नेपालको भनाइ छ ।

सांसद पुष्पा भूसालले रेमिट्यान्सबाट तलब भत्ता खाने तर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न नसक्ने भन्दै प्रश्न गर्नुभयो । स्वदेश फर्किन चाहने नागरिकलाई सुरक्षित रुपमा भित्र्याउन सरकारी पूँजी खर्च गर्न तयार हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हामी विदेशी रेमिट्यान्सबाट तलब, भत्ता खाने तर तिनै नागरिकहरुलाई नेपाल भित्र्याउन नसक्ने ? उनीहरुलाई सुरक्षित नेपाल भित्र्याउन सरकारी पूँजीलाई स्वास्थ्य क्षेत्रमा खर्च गर्न सरकार तयार छ कि छैन ?’

सांसद दिव्यमणि राजभण्डारीले पनि विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने नागरिकलाई स्वदेश ल्याउन नसक्ने के सरकार भन्दै प्रश्न गर्नुभएको छ । ‘द्वन्द्वका कारण वर्षौसम्म हामी रेमिट्यान्समा बाँचिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘त्यही हाम्रा दाजुभाइदिदी बहिनीले रगत, पसिना बगाएर कमाएको पैसाबाट बाँचिरहेका छौँ, उनीहरुलाई नेपाल आउने व्यवस्था गर्न नसक्ने के सरकार ?’

यसैगरी सांसद भीम रावलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई नेपाल ल्याउन नसक्नु अलोकतन्त्रिक र निरङ्कुश चरित्र भएको बताउनुभयो । बैठकमा उहाँले डेढ महिनासम्म सीमा क्षेत्रमा रहेका नागरिकहरुको स्वास्थ्य जाँच गरी नेपाल ल्याउनुपर्ने उहाँले बताउनुभयो । ‘सीमा क्षेत्रमा रहेका नागरिकलाई के कारणले रोक्नुप¥यो ? यस्तो खालको अन्तर्राष्ट्रिय मर्यादा विपरितको काम बन्द गरियोस,’ उहाँले भन्नुभयो ।सङ्क्रमण नभएका नागरिकलाई स्वदेश ल्याउनुपर्ने उहाँको भनाइ छ ।

अरु देशले ग्रिन कार्ड र पिआर भएका व्यक्तिलाई पनि आफ्नो देश फर्काइरहेको भन्दै उहाँले हाम्रो देशले ४५ दिनसम्म आफ्ना नागरिक ल्याउन नसक्नु निरङ्कुश र अलोकतान्त्रिक चरित्र भएको टिप्पणी गर्नुभयो ।

 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

3 Comments

  • Bijay angdembe

    May 8, 2020, 1:37 a.m.

    म बसेको ३ महिना भयो , धेरै बिजोग भएको छ यहाँ / टिकट काट्ने पैसा पनि छैन ...म नेपाल आउन चाहन्छु / मलाई फिनिश भनेको ३ महिना भयो ..त्यसैले धेरै अप्ठ्यारो र बिजोग छु प्लिज मा नेपाल आउन चाहन्छु /

  •  0 Reply
  • Md Nasruddin

    May 7, 2020, 6:19 a.m.

    Yes absolutely righ. Our government must be think about the citizens who want to come back from abroad due to covid-19 uncertainty lockdown.

  •  0 Reply
  • Indra Bahadur Thapa

    May 6, 2020, 7:59 p.m.

    वैदेशिक रोजगार प्रवर्ध्दन वोर्डमा विदेश जाने युवाहरुवाट म्यानपावर कम्पनी मार्फत उठाएको ७ अरब बढी पैसा खै कता छ ?? त्यो पैसा प्रयोग गरेर नेपाल फिर्ता आउन चाहनेलाई ल्याउनु पर्यो .......

  •  0 Reply

तपाईको प्रतिक्रिया