तेह्रथुम र खोटाङका छुट्टाछुट्टै घटनामा तीन जनाको हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

 बैशाख २६, २०७७ शुक्रबार १३:३९:३४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - बिहीबार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु  बस्ने २० वर्षीय कन्चन लिम्बूले आफ्नै बुबा ४२ वर्षीय रुप बहादुर लिम्बू र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । छोराको बन्चरो प्रहारबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।

हत्यापछि फरार रहेका लिम्बूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैगरी अर्को घटनामा खोटाङको केपिलासगढी गाउँपालिका-२ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुङगा प्रहर गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।  

घटनामा संग्लग्न रहेका उनका  भाई २० वर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय wiराटनगरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया