अछाममा सुत्केरी महिलाकाे हेलिकप्टरमार्फत उद्धार

 बैशाख २७, २०७७ शनिबार २१:१०:९ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाम जिल्लाको रामारोशन गाउँपालिका ६ भटाकाटीयाकी एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

सुत्केरी भएको २५ दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि रामारोशन गाँउपालिका भाटाकाटियाकी २४ वर्षीया देउमा साउदको उद्धार गरिएको हो । वडाको भटाकाटिया स्वास्थ्य चौकीमा २५ दिन पहिले सुत्केरी हुनुभएकी साउदको पेट दुख्न थालेपछि उहाँई बयालपाटा अस्पताल ल्याइएको थियो ।

बयालपाटा अस्पतालमा जाँच गर्दा उहाँकाे पेटमा रगत जमेको देखिएपछि थप उपचारका लागि उहाँलाई हेलिकप्टरमार्फत कोहलपुर रेफर गरिएको न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनुभयो ।

२५ दिन पहिले सुत्केरी हुनुभएकी साउदलाई शनिबारमात्रै बयालपाटा अस्पताल ल्याइएको थियो । गाउँपालिकाका अध्यक्ष झकरबहादुर साउदको पहल तथा अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलेको समन्वयमा राष्ट्रपति सुत्केरी उद्धार कार्यक्रम अर्न्तगत सुत्केरी महिलाको अछामबाट कोहलपुर हेलिकप्टरमार्फत उद्धार गरिएकाे बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया