दाङका पत्रकारहरुको कोरोना परीक्षण गर्न स्वाब सङ्कलन

 बैशाख ३१, २०७७ बुधबार १९:०:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङका पत्रकारहरुको कोरोना परीक्षणका लागि बुधबार स्वाब सङ्कलन गरिएको छ । 

केही पत्रकारमासमेत कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पूर्वसतर्कताका साथ पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको पत्रकार महासङ्घ दाङका अध्यक्ष सबिन प्रियासनले जानकारी दिनुभएको छ । 

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा पहिलो चरणमा आज २५ जना पत्रकारको स्वाब सङ्कलन गरिएको छ । उनीहरुको भोलिसम्म रिपोर्ट आउने जनाइएको छ ।

नेपाल पत्रकार महासङका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले वर्तमान अवस्थामा 'फ्रन्टलाइन'मा काम गर्ने देशभरका सबै पत्रकारहरुको कोरोना परीक्षण गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया