प्रदेश १ मा कोरोना उपचार गराइरहेका ८ जना डिस्चार्ज

 जेठ ७, २०७७ बुधबार १७:९:२३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ मा काेराेना भाइरस सङ्क्रमणकाे उपचार गराइरहेका थप आठ जना आज डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा पाँच भारतीय नागरिक र तीन जना उदयपुरको भुल्केका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज हुनेहरु गएको वैशाख ५ र ९ गते कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज भएका पाँच जना भारतीय नागरिकलाई विराटनगर १५ मा रहेको रानी मरकज क्वरेण्टीन र उदयपुरका तीन जनालाई भुल्के पठाइएको अस्पतालका व्यवस्थापक जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

डिस्चार्ज भएका आठ जनासँगै  प्रदेश १ बाट डिस्चार्ज हुनेको सङ्ख्या २६ पुगेको छ भने नेपालभर ४५ जना पुगेका छन् । 

कोभिड अस्पतालमा अहिले २८ जनाकाे उपचार भइरहेकाे छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । आज सङ्क्रमण देखिएका धनकुटाका पाँच जना कोभिड अस्पताल आउने क्रममा रहेको जनस्वास्थ्य अधिकृत बस्नेतले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया