बारामा ६ सहित थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ९, २०७७ शुक्रबार २०:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार राति थप नौ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बाराको सिमरगढ नगरपालिकाका २२ वर्षीय युवक तथा २७,३०,३४,३८,४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै मकवानपुरको हेटौँडा ३ की ५४ वर्षीया महिला, भक्तपुर ९ की ४२ वर्षीया महिला र सप्तरीको बलान-बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितहरूको अवस्था सामान्य रहेको र उनीहरू सबै चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये ७० जमा निको भएका छन् भने तीन जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया