रोल्पा : सुनिलस्मृति गाउँपालिका अध्यक्षद्धारा वडाध्यक्षमाथि कुटपिट

 जेठ १०, २०७७ शनिबार ११:२७:२७ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पाको सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले वडाध्यक्षमाथि कुटपिट गरेका छन् ।

गाउँपालिकाको ४ नम्बर वडाका अध्यक्ष गञ्ज क्षेत्रीलाई शुक्रबार कार्यपालिका बैठकमै कुटपिट गरेको पीडित वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । 


कोरोना भाइरसको जोखिम कम गर्न वडा नम्बर ४ को सुलिचौर बजारमा रहेका बैंकलाई हप्तामा ३ दिन खोल्ने निर्णयका विषयमा कार्यपालिकामा बहस भइरहेका बेला अध्यक्ष घर्तीले आफूमाथि एक्कासी हातपात गरेको वडाध्यक्षको भनाइ छ । 

वडाध्यक्ष क्षेत्रीले आफूलाई कुटपिट गरी घाइते बनाएको भन्दै अध्यक्षमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुलिचौरमा उजुरी समेत गर्नुभएको छ । 
गाउँपालिका अध्यक्ष घर्ती तत्कालीन माओवादी केन्द्रबाट तथा वडाध्यक्ष क्षेत्री नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।

यसैबीच नेपाली कांग्रेस रोल्पाले पनि एक विज्ञप्ति जारी गर्दै कुटपिट गर्ने अध्यक्षमाथि हदैसम्मको कारबाहीको माग गरेको छ ।

नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले निकालेको  विज्ञप्तिमा स्थानीय सरकारको प्रमुखजस्तो जिम्मेवार पदमा रहेका गाउँपालिका अध्यक्ष घर्तीले विवाद मिलाएर सबैलाई समेटेर जानुपर्नेमा उल्टै हातपात गर्नु आपराधिक गतिविधि भएकाले कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग माग गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया