जिल्लाका सबै पालिकामा समस्यामा परेकालाई यूएईमा रहेका लमजुङवासीको सहयोग

 जेठ ३०, २०७७ शुक्रबार ६:३६:२३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङ समाज यूएईले लमजुङका सबै पालिकालाई सहयोग रकम पठाएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका पालिकाहरुले स्थापना गरेको कोरोना भाइरस (कोभिड-१९) राहत कोषमा समाजले सहयोग गरेको हो । लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्नलगायत राहत उपलब्ध गराउन लमजुङ समाज यूएईले नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङमार्फत ८ वटा पालिकाका लागि ५०/५० हजार रुपैयाँका दरले हस्तान्तरण गर्न ४ लाख रुपैयाँ पठाएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष आश गुरुङले कोरोना भाइरस संक्रमणको त्रास र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई खाद्यान्नलगायत राहत उपलब्ध गराउन लमजुङ समाज यूएईले आफूमार्फत सहयोग रकम पठाएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघको टोलीले क्व्होलासोंथर गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका, सुन्दरबजार नगरपालिका, बेशीसहर नगरपालिका र मध्यनेपाल नगरपालिकालाई ५०/५० हजार हस्तान्तरण गरिसकेको छ । 

बाँकी ३ पालिकामा पनि छिट्टै सहयोग रकम प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । लमजुङ समाज यूएईका संरक्षक अर्जुनबहादुर गौलीले परदेशमा पनि कोरोना भाइरसको जोखिम र लकडाउनको समस्या रहेपनि आफ्नै जन्मभूमिका असहाय, गरीब तथा दैनिक ज्यालादारी मजदुर परिवारलाई सहयोग पुगोस् भनी रकम संकलन गरेर पठाएको बताउनुभयो । 

 

 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया