क्वरेण्टीनबाट घर फर्किएका १ जनाको मृत्यु

 जेठ ३०, २०७७ शुक्रबार २०:१२:२५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – नरहरिनाथ गाउँपालिकाले मान्ममा सञ्चालन गरेको क्वरेण्टीनमा बसेर घर फर्किनुभएका एक जनाको मृत्यु भएको छ । घर फर्किने क्रममा नरहरीनाथ १ का ६० वर्षीय पुरुषको लालीघाटमा मृत्यु भएको डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

भारतबाट फर्किनुभएका उहाँको मङ्गलबार मान्ममा आरडीटी जाँच गरिएको थियो । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि बुधबार उहाँलाई घर पठाइएको थियो । बिहिबार बेलुकी लालीघाटमा बस्नुभएका उहाँको शुक्रबार लालीघाटमा मृत्यु भएको हो ।

मृतकको स्वाब लिन स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो । मृतक पुरुष दमको रोगी रहेको महतले बताउनुभयो ।

बुधबार आरडीटी नेगेटिभ आएका ६८ जनालाई घर पठाइएको थियो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया