बहराइनबाट नेपालीलाई ल्याउन दोस्रो उडान असार ११ गते हुने, २९१ जना प्राथमिकतामा

 असार ३, २०७७ बुधबार १८:३७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनमा कोरोको कारण समस्यामा परेका २९१ जनालाई दोस्रो उडानमार्फत स्वदेश फर्काइने भएको छ । आउँदो ११ गते बहराइनबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २९१ जनालाई स्वदेश फर्काइने बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

समस्यामा परेको भन्दै अनलाइनमार्फत विवरण टिपाएका नेपालीलाई दूतावासले सम्पर्क गर्दा कतिपयसँग सम्पर्क नभएको र सम्पर्क भएकामध्येबाट घर फर्कन चाहनेको सूची अद्यावधिक गरी तय गरिएको दूतावासले जनाएको छ । स्वदेश फर्कने नेपालीले कोरोना जाँचको प्रमाण पनि अनिवार्य पेश गर्नु पर्नेछ ।

टिकट काट्दा दूतावासको दोस्रो उडानमा आफ्नो नाम परेको भनेर एअरलाइन्समा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । नेपाल एअरलाइन्सको दोस्रो उडानको टिकट काट्न रमेश पाण्डेलाई ९७७९८४९६३३८७९ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

बहराइको कानुनले बाधा गर्ने भएमा वा रोजगारदाताले अनुमति नदिएको खण्डमा नेपाल फर्कन पाइने छैन । सूचीमा परेका कसैलाई यात्रा अनुमति पत्र आवश्यक परेमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । बहराइनबाट स्वदेश फर्कनका लागि ३९२ अमेरिकी डलर भाडा तोकिएको छ । कोरोना जाँच र हवाइ उडान भाडा आफैंले तिर्नुपर्छ ।

बहराइनबाट असार ७ गते पहिलो उडान हुँदैछ । पहिलो उडानमा २५६ जना नेपालीलाई दूतावासले प्राथमिकतामा राखेको छ ।

फर्कनेको सूची हेर्नुहोस् :

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया