प्रधानमन्त्रीको समर्थनमा पोखरामा युवाहरुको प्रदर्शन

 असार १९, २०७७ शुक्रबार १२:०:१८ | सुमन गुरुङ
unn.prixa.net

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा  युवाहरुले शुक्रबार र्‍याली निकालेका छन् । 

पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उहाँको समर्थनमा र्‍याली निकालेका हुन् ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको र्‍याली मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ । 

र्‍यालीमा ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाइएको छ । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको आरोप पनि लगाएका छन्।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

1 Comments

  • तिलक प्रसाद तिमिल्सिना

    July 3, 2020, 12:19 p.m.

    उतिबेला तोरी र कोदो उस्तै देखियो र सॅगै मिलाईयो..तर अहिले न तेल निस्कियो न त पिठो नै..केवल मिलको सत्यानास पारियो..#सन्दर्भ #नेकपा #चरम #विबाद् #

  •  0 Reply

तपाईको प्रतिक्रिया