अर्घाखाँचीमा सलह : ५ सय हेक्टर बढी क्षेत्रफलमा लगाइएकाे मकैबाली नष्ट

 असार २०, २०७७ शनिबार १९:१९:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाएको मकैबाली सलह किराले नष्ट गरेको छ ।

छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीयहरु हैरान भएका छन् । जिल्लाका केही भागमा  सलह नियन्त्रणमा आए पनि शितगंगा नगरपालिकामा सलह नियन्त्रणमा आउन सकेको छैन् ।
नगरपालिका -७ को जलुके, जुवाकोटलगायतका क्षेत्रमा  ९ हजारभन्दा बढी  बढी क्षेत्रमा  लगाएको  मकै पूर्णरुपमा नष्ट गरेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो । सलहले खेती खाएपछि वडाबासीहरु अत्यन्तै चिन्तित भएको बताउनु भयो ।

एक रोपनी क्षेत्रफलमा सामान्य पनि २ क्वीन्टल मकै उत्पादन हुन्छ । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाएको मकै पूर्णरुपमा र केही भागमा आंशिक क्षती पुगेको छ । सितगंगा १० सिद्धाराको दुम्सीलगायतका क्षेत्रमा पनि सलहले मकैबाली पूर्णरुपमा नष्ट गरेको वडाअध्यक्ष हिम्मत पोख्रेलले बताउनु भयो । 

सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनि गाउँपालिका सबैतिर सलह देखिएको छ ।  यसले धेरै  क्षेत्रमा  बढी क्षति पुर्याएको कृषी ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिनु भयो । मकैबालीका साथै अन्य बालीमा क्षति पुगेको र  तथ्याङ्क संकलन गर्ने कार्य भैरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया