सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या तीन हजार ८७१ पुग्यो

 असार २४, २०७७ बुधबार २१:३८:४३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा बुधबार थप ६९ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, धनगढी प्रयोगशाला र डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा बुधबार ६९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका १९, अछामका १७, डोटीका आठ, कञ्चनपुरका सात, बझाङका चार, बैतडीका दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा डडेल्धुराकै दुई जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताउनुभयो । यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप नाै जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार आठ पुरुष र एक महिला गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो । डोटीको आदर्श गाउँपालिकाका दुई, दिपायल सिलगढी नगरपालिका र बोगटानफुड्सिल गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार कञ्चनपुरको पुनर्वासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उहाँले जानकारी दिनुभयो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया