कास्की पहिराे : मृतकका परिवारलाई एक लाख दिइने

 असार २६, २०७७ शुक्रबार १७:२७:१२ | सुमन गुरुङ
unn.prixa.net

कास्की – कास्कीमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने भएकाे छ ।

जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । बैठकले घाइतेहरुकाे निःशुल्क उपचार गरिदिने निर्णय पनि गरेको छ । 

बैठकले पीडित घरपरिवारलाई सरकारी मापदण्डअनुसार थप राहत उपलब्ध गराउने निर्णय गरेको छ ।  त्यस्तै बैठकले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । 

बिहीबार रातिदेखिकाे अविरल वर्षाकाे कारण कास्कीमा अहिलेसम्म सात जनाकाे ज्यान गएकाे छ भने १२ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।   

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया