लद्दाख पुगेर भारतीय रक्षा मन्त्री सिंहले भने, ‘विश्वको कुनै शक्तिले हाम्रो एक इन्च भूमि पनि खोस्न सक्दैन’

 साउन २, २०७७ शुक्रबार १८:८:४५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत–चीन सीमा विवाद समाधान गर्न वार्ता गरिरहेको र विवादको हल निस्कने आफूलाई विश्वास लागेको बताएका छन् । 

लद्दाख पुगेर भारतीय सैनिकलाई सम्बोधन गर्दै राजनाथ सिंहले भने, ‘अहिलेसम्म छलफलमा भएको प्रगतिलाई हेर्दा विवाद समाधान हुनुपर्छ । कहाँसम्म समाधान हुन्छ, त्यसको ग्यारेण्टी छैन । तर विश्वको कुनै पनि शक्तिले भारतको एक इन्च जमिन पनि कसैले खोस्न सक्दैन, भारतीय जमिनमा कसैले कब्जा गर्न सक्दैन ।’

गएको १५ जुन तारिखमा गलवान उपत्यकामा भारत र चीनको सैनिकबीच भएको सङ्घर्षमा भारतीय पक्षका २० सैनिकको ज्यान गएको थियो । त्यो घटनामा चिनियाँ पक्षको क्षतिको बारेमा पनि अझै पनि आधिकारिक जानकारी आइसकेको छैन ।

राजनाथ सिंह शुक्रबार लद्दाख पुगेर सीमावर्ती इलाकाको भ्रमण गरेर लुकुङ्ग चौकी पुगेर भारतीय सेना जवान र अधिकारीसँग भेटघाट गरेका थिए । रक्षा मन्त्रीसँगै सेनाध्यक्ष जनरल एमएम नरभाने र चिफ अफ् डिफेन्स स्टाफ बिपिन रावत पनि लद्दाख पुगेका थिए । 

१५ जुनको घटनापछि भारत र चीनबीच विवाद बढ्दै जाँदा विभिन्न स्तरमा वार्ता भइरहेको छ । यसअघि जुलाई ३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लद्दाख पुगेका थिए ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया