कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

 साउन ७, २०७७ बुधबार १०:३२:२६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । 

गएराति महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको अस्पतालले जनाएको छ ।

अस्पतालका औषधि विभाग प्रमुख प्राध्यापक डाक्टर सञ्जिवकुमार शर्माकाअनुसार गएको बिहीबार प्रतिष्ठानको कोभिड अस्पतालको आइसोलेशनमा भर्ना भएका पुरुषको गएराति ज्यान गएको हो । 

कोरोनाका कारण ज्यान गुमाएका पुरुषको शव विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर राति नै गृह जिल्ला महोत्तरी पठाइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डाक्टर नितेश सापकोटाले जानकारी दिनुभयो । 

योसँगै प्रदेश २ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । यसैगरी प्रदेश ५ मा १० जना, वाग्मती प्रदेशमा ९ जना, सुदूरपश्चिम प्रदेशमा ६, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ४ गरी ४१ जनाको ज्यान गएको छ ।

 राति ज्यान गुमाएका पुरुषको बारेमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ । अहिलेसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट र ३ लाख १२ हजार ४ सय २ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गर्दा १७ हजार ९ सय ९४ जनामा सङ्क्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 जसमध्ये १२ हजार ४ सय ७७ जना निको भएका छन् भने ५ हजार ४ सय ७७ जना आइसोलेशनमा छन् । अझै पनि २१ हजार ७ सय ४ जना क्वरेण्टीनमा रहेका मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया