आत्महत्या घटाउन नेपालीलाई आफन्त भेट्ने व्यवस्था गरिएको छ : दक्षिण कोरिया

 साउन २१, २०७५ सोमबार १७:३३:१ | उज्यालो सहकर्मी

काठमाडौं – रोजगारीका लागि गएका नेपाली कामदारमा देखिएको निराशा र आत्महत्याको समस्या न्युनिकरणका लागि आफन्तसँग भेट्ने व्यवस्था गरिएको दक्षिण कोरियाले बताएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले कामदारका आफन्तलाई कोरियामा भेटघाट गर्न जाने अवसर मिलाईसकिएको जानकारी गराउँदै केहि कामदारका आफन्तले कोरियामा रहेका परिवारका सदस्यलाई भेटेर फर्किसकेको पनि जानकारी गराउनुभएको छ । 

भेटमा मन्त्री विष्टले नेपाली कामदारहरुलाई देखा परेको निराशा र आत्माहत्याको समस्याको न्यूनिकरण गर्न कामदारको आफन्तलाई भेटघाटको अवसर दिन आग्रह गरेपछि राजदूत पार्कले यस्तो जानकारी गराउनुभएको हो । 

मन्त्री विष्टले दक्षिण कोरिया नेपालीका लागि आकर्षक रोजगारीको क्षेत्र रहेको भन्दै कामदारहरुको संख्या थप गर्न पनि आग्रह गर्नुभएको छ । कोरियामा जाने कामदारलाई त्यहाको आवश्यता अनुसार भाषा, सीपको विकास गर्न सरोकारवाला मन्त्रालयहरु वीच समन्वय गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघीय सरकारको मातहतमा रहने गरि स्थापना हुन लागेको तीनवटा प्रतिष्ठान स्तरका सीप विकास केन्द्रहरुको पूर्वाधार निर्माणमा  कोरिया सरकारको सहयोगको अपेक्षा गरेको पनि मन्त्री विष्टको भनाई छ । 

जवाफमा राजदूत पार्कले नेपाली कामदार ईमान्दार र मिहेनती भएकोले कामदारको संख्या थप गर्ने साथै सेवा क्षेत्रमा समेत कामदार लैजाने प्रक्रियामा सहयोग गर्ने बताउनुभएको छ । उहाँले प्रतिष्ठान स्तरका सीप विकास केन्द्रको पूर्वाधार निर्माणमा कोरिया सरकारले सहयोग गर्ने  प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ।  

कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया