कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घट्यो

 साउन २१, २०७५ सोमबार १५:२५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कोरिया जाने नेपाली कामदारले तिर्नुपर्ने हवाई भाडा घटेको छ । हवाई भाडा निर्धारणका लागि आह्वान गरिएको बोलपत्रमा सी लिङ्क्स ट्राभल एण्ड टुर्सको कम भाडामा लाने प्रस्ताव स्वीकृत भएपछि भाडा घटेको हो । 

भाडा घटेको बारे जानकारी दिन विभागमा गरिएको पत्रकार सम्मेलनमा कोरिया जान आजबाट टिकट बुकिङ गर्ने कामदारले अहिलेको भन्दा १२ हजार ९ सय ८० रुपैयाँ कम पैसा तिर्दा पुग्ने जानकारी दिइएको हो । 

सन् २००८ देखि इपिएस प्रणाली मार्फत नेपाली कामदार कोरिया गइरहेका छन् । उनीहरुले हवाई भाडाका लागि २०७३ पुससम्म ५४१ डलर तिर्दै आएका थिए । २०७३ पुसदेखि ५२९.७५ डलर अर्थात ५८ हजार २ सय ७२ रुपैयाँ तिर्दै आएका छन् । भाडा घटेपछि अब कामदारले ४ सय ११ अमेरिक डलर अर्थात ४५ हजार २ सय ९२ रुपैयाँ मात्रै हवाई भाडा तिर्नु पर्नेछ । 

इपिएस प्रणाली मार्फत अहिले वर्षमा ८ हजार जना नेपाली कोरिया जाने गरेका छन् । भाडा घटेपछि भाडामा हुने खर्चबा १० करोड रुपैयाँ बचत हुने वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया