धादिङमा निषेधाज्ञा : राजमार्गमा अत्यावश्यक सेवाका गाडी मात्रै चलाउन पाइने

 साउन २९, २०७७ बिहिबार ९:२८:४७ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा गाडी चलेनन् । 

धादिङमा राजमार्गसहित सदरमुकाममा निषेधाज्ञा लागू गरिएको छ । हिजो बसेको बैठकले गएरातिदेखि लागू हुने गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । 

पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिनुभयो । 

निषेधाज्ञाको पहिलो दिन धादिङबेसी बजार बिहानैदेखि सुनसान छ । औषधि पसल, फलफुल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसलहरु पूर्णरुपमा बन्द भएका छन् । 

जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाइरसको संक्रमण देखिएपछि बजार क्षेत्रमा जोखिम बढेको हो । कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भाद्र ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको हो  । 

अहिले अत्यावश्यकबाहेकका सबै यातायात पूर्णरुपमा बन्द भएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको धादिङ जिल्लाभित्र पर्ने क्षेत्रमा होटल, बैंक तथा वित्तीय संस्था र जिल्लाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । 

निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणबाट धादिङको नीलकण्ठ नगरपालिकामा एक जनाको मृत्यु भएको र सङक्रमण स्थानीयमा फैलिएको भन्दै धादिङमा निषेधाज्ञा जारी गरीएको हो ।

निषेधाज्ञापछि राजमार्गमा गाडी चलेका छैनन् । आवतजावत नै नभएपछि राजमार्ग सुनसान बनेको छ । नागरिकलाई सावधानी अपनाउन नीलकण्ठ नगरपालिकाले आग्रह गरेको छ । कोरोना सङ्क्रमितको संख्या बढेपछि प्रशासनले भाद्र ३ गतेसम्म जिल्ला भित्र विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया