महोत्तरीमा भदौ १० गतेसम्म निषेधाज्ञा

 भदौ २, २०७७ मंगलबार ९:३७:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - जिल्ला प्रशासन कार्यालय महोत्तरीले १० दिनको लागि महोत्तरीमा निषेधाज्ञाको घोषणा गरिएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको १५ वटै पालिकाको प्रमुखहरुको बैठकको निर्णयअनुसार गए रातिदेखि महोत्तरीको हरेक स्थानमा निषेधाज्ञा लागू गरिएको हो ।

गएराति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालकाअनुसार निषेधाज्ञा जारी गरिएका ठाउँमा अत्यावश्यक सेवाका साधन, औषधि उपचार र खाद्यान्न स्टोरबाहेक सबै बन्द रहने छ । 

त्यस्तै अतिआवश्यक पसलहरु मास्क, स्यानिटाइजर, ग्लोब्सकाे प्रयोग र समाजिक दूरीको पालना गरी बिहान ९ बजेसम्म मात्र खुल्ने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिएका छन । यसअघि जिल्ला प्रशासन कार्यालय महोत्तरीले साउन १५ देखि जलेश्वर र महोत्तरी गाउँपालिका ३ र ५ मा निषेधाज्ञा जारी गरेको थियो ।

साउन २५ गते फेरि सात दिन ती पालिकामा निषेधाज्ञाको समय बढाएको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया