निजी अस्पतालको गुनासो : 'सरकारले अपमान गरिरहेको छ'

 भदौ ५, २०७७ शुक्रबार १७:४८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आफूहरुलाई अपमान गरिरहेकाे निजी अस्पतालले गुनासो गरेका छन् ।

एसाेसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) र नेपाल मेडिकल एसाेसियशन (एनएमए) को संयुक्त बैठकमा दुवै संस्थाका प्रमुखले सरकारले अपमानित ढङ्गबाट निजी अस्पताललाई गरेको व्यवहार तथा चिकित्सकको मनोबल घटाउने काम तत्काल बन्द गर्न पनि माग गरेका छन् ।

कोरोनाविरुद्ध सँगै लड्न सरकारसँग सहकार्य गर्न खोजे पनि सरकारले वार्तामै नबोलाएको उनीहरुको भनाइ छ । सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न पनि अफिन र एनएमएले माग गरेका छन् ।

लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ–आफ्नो स्राेत, साधन उपलब्ध गराउने प्रतिबद्धतासहितको प्रस्ताव समेत पेस गरेको तर सरोकारवालाले निजी अस्पतालसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको उनीहरुको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया