गृह मन्त्री थापासहितकाे टाेली अछामकाे बाढी प्रभावित क्षेत्रमा

 भदौ ५, २०७७ शुक्रबार १९:४२:३४ | चन्द्र थापा
unn.prixa.net

अछाम – गृह मन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार बाढीका कारण १७ जना बेपत्ता भएका रामारोशन गाउँपालिका ५ काे सैनीबजार क्षेत्रको निरीक्षण गरेको छ । 

नेपाली सेनाकाे हेलिकप्टरमार्फत घटनास्थल पुग्नुभएका गृह मन्त्री थापाले उपस्थित स्थानीयलाई सम्बोधन गर्दै पीडितको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सरकार तयार रहेको बताउनुभएको छ । 

'देशैभर विपद्ले ठूलो मात्रामा जनधनको क्षति भएकाले आवश्यक सहयोगका लागि मन्त्रिमण्डलमा समेत छलफल भएर आवश्यक निर्णय भइसकेको छ', उहाँले भन्नुभयाे, 'यसको उचित सम्बोधनका लागि सरकार तयार छ र हामी लागिरहेका छौँ ।' 
ज्यान गुमाएका र हराइरहेका व्यक्तिको परिवारलाई सङ्घ र प्रदेशबाट राहत रकम उपलब्ध हुने भन्दै बगेका घर सरकारले नै पुनर्निर्माण गरिदिने गृह मन्त्री थापाले प्रतिबद्धता जनाउनुभयो । जनताको सरकार भएकोले जनताका पीर, दुखमा साथ दिन तत्पर रहेको उहाँले बताउनुभयो । 
नेकपा स्थायी सदस्य तथा त्यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य बन्नुभएका भीम रावलले सरकारले स्थानीयका समस्या तत्काल, मध्यम र दीर्घकालीन समस्यामा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो । नेता रावलले आफूले यसबारेमा प्रधानमन्त्रीसँगै कुरा भइरहेको पनि बताउनुभयो । 

नेता रावलले तत्काल मृतकका आफन्तलाई किरिया खर्च स्वरुप एक लाख उपलब्ध गराउनुका साथै राहतका सामग्रीसमेत हस्तान्तरण गर्नुभएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बाढी पीडित परिवारलाई राहत र पुनर्स्थापना पहिलो आवश्यकता भएको भन्दै सरकार त्यतै केन्द्रित भएको भनाइ राख्नुभयो । 

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद (भाष्कर) ले गृह मन्त्री थापालाई सात बुँदे माग पत्रसमेत दिनुभएको छ । बाढी पहिरो पीडितका लागि नेपाल रेडक्रस सोसाइटी, सुदूरपश्चिमेली समाजले खाद्यान्न, त्रिपाल, लत्ता कपडालागयत सहयोग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया