रसुवामा च्याउ खाएर बिरामी परेका सात जनाको गोठमै उपचार हुँदै

 भदौ १४, २०७७ आइतबार ८:६:२७ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - रसुवाको आमाछोदिङ्माे गाउँपालिका-५ को भेठिगोठमा जंगली च्याउ खाएर बिरामी परेका सात जनाको स्वास्थ्यकर्मीले गोठमै पुगेर उपचार गरेका छन् ।

हिजो बिहान च्याउ खाएका उनीहरु दिउँसो बिरामी परेका थिए । च्याउ खाएकाहरु बिरामी परेको थाहा पाउनासाथ हिजो बेलुकी थाम्बुचेत प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अभिनास भण्डारीको नेतृत्वमा ३ जना र थाम्बुचेत स्वास्थ्य चौकीका २ जना स्वास्थ्यकर्मी उद्धारको लागि घटनास्थल गएका थिए । 

अहेव सुरेन्द्र रोकाया र डिल्ली रमण डाँगीले बिरामीको त्यहीँ बसेर उपचार गरिरहेका छन् । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-४ का २५ वर्षीय निहा लामा तामाङ, उहाँकी श्रीमती २५ वर्षीया बुटीमाया तामाङ, बहिनी ११ वर्षीया सुशीला तामाङ, धादिङ जिल्लाको रुबिभ्याली गाउँपालिका-१ का ३१ वर्षीय घले, २६ वर्षीय क्षितिज घले, उहाँकी श्रीमती २५ वर्षीया चोमाया तामाङ र ३० वर्षीया तितिमाया घले बिरामी परेका हुन् । 

राति पौने ११ बजे भेठिगोठ पुगेको प्रहरी र स्वास्थ्यकर्मीको टोलीले उहाँहरूको त्यही बसेर उपचार गरिरहेको छ । प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले साँझ मात्र प्रहरीलाई जानकारी भएको र स्वास्थ्यकर्मीसहित टोली गएर उपचार गरेको कारण बिरामीको ज्यान बचेको बताउनुभयो । 

थाम्बुचेतबाट झण्डै ७ घण्टा हिँडेपछि भेठीगोठमा पुगिन्छ । बिरामीको अवस्था सुधार भइरहेको उहाँले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया