प्रिमियर लिगको नयाँ सिजन आजदेखि, लिभरपुल र लिड्स भिड्दै

 भदौ २७, २०७७ शनिबार १०:१५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ​इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो ।

गएकाे सिजनमा लिभरपुलले प्रिमियर लिग जित्न सफल भएको थियो । नयाँ सिजनको पहिलो दिन आज चार वटा खेल हुने भएका छन् । तर, म्यानचेस्टर सिटी र एस्टोन भिल्ला तथा म्यानचेस्टर युनाइटेड र बर्नलेबीचको खेल भने स्थगित भएको छ ।

च्याम्पियन लिग खेलेकाले पहिलो चरणको खेल स्थगित गरेर रेस्ट टाइम दिइएको हो । प्रतियोगिता अन्तर्गत फुलह्याम र आर्सनलको खेल पहिलो खेल हुने छ । यो खेल नेपाली समय अनुसार सवा ५ बजे फुलह्यामको मैदानमा खेल हुने छ । कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै सुरु हुन लागेको हो ।

यसैगरी पौने आठ बजे क्रिष्टल प्यालेस र साउथ ह्याम्पटन भिड्ने छन् । राति सवा १० बजे लिभरपुल र लिड्सबीचको खेल सुरु हुने छ । लिभरपुल च्याम्पियन क्लब हो भने लिड्स यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो । राति पौने १ बजे वेस्टह्याम युनाइटेड र न्युक्यासल युनाइटेड आमने सामने हुने छन् ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया