स्याङ्जा : पहिरोले घर भत्काउँदा एकै परिवारका ८ जनासहित ९ जनाको ज्यान गयाे

 असोज ८, २०७७ बिहिबार १२:१०:७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोले घर पुरिँदा एकै परिवारका ८ जनासहित ९ जनाको ज्यान गएको छ । एक जनाको भने उद्धार गरिएको छ ।

आज बिहान माया नेपालीको घरमा पहिरो खस्दा उहाँसहित ९ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर सानु नेपाली, माया नेपाली, मायाका छोराहरु दीपक, कुलदीप र विवश, बुहारी बिनिता तथा नाति शिशिर र पाहुना आएकी उमाकला नेपालीको ज्यान गएको हो ।

उनीहरु सबै जनाको शव पुरिएको घरबाट निकालिएको छ । आज बिहान घरमाथिबाट खसेको पहिरोले घर पुरिएको हो । १७ वर्षकी मनिषा नेपालीलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पोखरा पठाइएको छ । अविरल वर्षाका कारण घरमाथिबाट पहिरो झरेको हो । घाइते १७ वर्षकी मनिषा नेपालीलाई उपचारका लागि पोखरा पठाइएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया