जाजरकोटमा जीप पल्टिँदा वडाध्यक्षसहित ५ जनाको ज्यान गयो

 असोज २१, २०७७ बुधबार १७:३:४७ | बालकुमार शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

जाजरकोट – जाजरकोट जुनिचाँदी गाउँपालिका १ काे अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा जुनिचाँदी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको प्रहरीलाई उदृत गर्दै उज्यालो सहकर्मी बालकुमार शर्माले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकामध्ये वडाध्यक्ष अमरबहादुर शाही र कीर्तिबहादुर शाहीको परिचय खुलेको छ । अरुको पहिचान हुन पाएको छैन । दुर्घटना भएको ठाउँ खलङ्गाबाट झण्डै ८२ किलोमिटर टाढा पर्छ । दुर्घटनास्थलमा प्रहरीको टोली केहीबेर अघिमात्र पुगेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया