विराट कोहलीलाई पछि पार्दै केन विलियम्सन शीर्ष स्थानमा

 पुस १६, २०७७ बिहिबार १६:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियम्सन आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा पुगेका छन् ।

८ सय ९० अंक बटुल्दै विलियम्सन बरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् । कोहली ८ सय ७९ अंकका साथ दोस्रो र अष्ट्रेलियाका स्टिभ स्मिथ ८ सय ७७ अंकका तेस्रो स्थानमा छन् । सन् २०२० का ३ सय १३ दिन स्मिथ शीर्ष स्थानमा रहे भने ५१ दिन कोहली शीर्ष स्थानमा रहन सफल रहे । तर वर्षको अन्तिम दिन भने विलियम्सन शीर्ष स्थानमा पुगेका हुन् ।

चौथो स्थानमा अष्ट्रेलियाकै मार्नस लाबुशेन रहेका छन् । आईसीसीको टेष्ट बलिङ्ग वरियतामा अष्ट्रेलियाका प्याट कमिन्टस शीर्ष स्थानमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया