रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले जित्याे सुपर कपको उपाधि

 साउन ३१, २०७५ बिहिबार ६:५४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लब रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियालले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन ।

खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई एक एक गोलको अवस्थामा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए । 

तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई गोलमा पुग्यो । 

त्यसपछि खेल अतिरिक्त समयमा पुग्या । जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भयो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले एक सय चार मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो । यो खेलमा रोनाल्डोको अनुपस्थिति निकै खड्कीएको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया