पीएम कप क्रिकेट : नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब भिड्दै

 माघ ७, २०७७ बुधबार ८:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको खेल कीर्तिपुरको त्रिवि मैदानमा हुने छ । आज दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अहिलेसम्म एक एक खेल खेलेका दुवै टोलीले पहिले खेलमा हार बेहाेरेका छन् ।

यस्तै, आज प्रदेश १ र त्रिभुवन आर्मी क्लब मुलपानी क्रिकेट मैदानमा खेल्ने छन् । अहिलेसम्म दुई खेल खेलेको आर्मी दुवैमा जित निकाल्दै समूह ए को शीर्ष स्थानमा छ । प्रदेश १ भने दुवै खेलमा पराजित भएको छ । प्रतियोगितामा आज हुने दुवै समूहका खेल बिहान ९ बजे हुने छन् । हिजोको खेलमा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका थिए ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया