'पुनर्जन्म' हुने अन्धविश्वासमा भारतमा दम्पतीले गरे दुई छोरीको हत्या

 माघ १३, २०७७ मंगलबार १३:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको आन्ध्र प्रदेशमा पर्ने चित्तोर जिल्लाकाे मदनपल्ली गाउँका एक दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा परि दुई छाेरीकाे हत्या गरेका छन् । ती दम्पतीले एक दिनमै दुई छाेरीकाे पुनर्जन्म हुने अन्धविश्वासमा परि उनीहरूकाे हत्या गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । 

पद्माजा नैडु र पुरुषोत्तम नैडुले आइतबार राति आफ्ना दुई छाेरी २२ वर्षीया ​सैदिव्या र २७ वर्षीया अलेख्याकाे डमबेलले हानेर हत्या गरेका हुन् । 

ती दम्पतीले पुनर्जन्म हुने अन्धविश्वासमा छोरीहरूको बलि दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे भारतीय सञ्चारमाध्यम 'द इण्डियन एक्सप्रेस' ले जनाएको छ । 

हत्या गरिएकी सैदिव्या मुम्बईमा रहेको ए आर रहमान म्युजिक स्कुलमा बीबीए पढ्दै थिइन् भने अलेख्या भोपालमा रहेको इण्डियन इन्स्टिच्युट अफ फरेस्ट म्यानेजमेन्ट कलेजमा पढ्दै थिइन् । 

हत्यामा संलग्न पद्माजा स्थानीय कलेजमा प्राचार्य तथा करेस्पोन्डेन्टका रूपमा कार्यरत छिन् भने पुरुषोत्तम एक कलेजका सह-प्रमुख रहेका बताइएकाे छ । 

प्रहरी सामु उनीहरूले आइतबार राति कलियुगको अन्त्य हुने र सोमबार बिहानीबाट सत्ययुगको सुरु हुने भएकाले छाेरीहरूकाे हत्या गरे पुनर्जन्म हुने ​ईश्वरीय सन्देश पाएकाले उनीहरूको हत्या गरेको स्वीकारेका छन् । 

हत्या गरिएका दुवै छोरीको शव पोस्टमार्टमका लागि स्थानीय एक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाैडु दम्पतीलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया