एभरेष्ट सुगर मिलद्वारा उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियाे

 माघ १५, २०७७ बिहिबार ११:५१:४३ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी - एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-१ मा रहेको एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

चिनी उद्योगको उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरकाअनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण उत्पादन सुरु गरेको हो ।

उद्योगले उत्पादन गरेको विद्युत १२ किलोमिटर दूरीमा रहेको औरही सबस्टेसनमा लगेर जोडिएको छ । चिनी उद्योगबाट प्राधिकरणलाई बिक्री गर्ने गरी पहिलो पटक विद्युत उत्पादन भएको हो । बगासबाट विद्युत उत्पादन गर्न उपकरणबाहेक १२ करोड रुपैयाँ खर्च भएको ठाकुरले बताउनुभयो ।

उद्योगले विद्युत उत्पादन गर्न आफ्ना पहिलेकै उपकरणकाे प्रयोग गरेको छ । उद्योगले आफ्नो आन्तरिक खपतका लागि लामो समयदेखि आफैँ विद्युत उत्पादन गर्दै आइरहेको छ । उद्योगसँग १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने उपकरण छन् । उद्योगमा खपत भएर बढी भएको ३ मेगावाट विद्युत मात्रै प्राधिकरणलाई बेच्न लागिएको हो ।

उखुको मौसममा उद्योगले ११ मेगावाटसम्म विद्युत उत्पादन गर्दै आएको छ । एभरेष्टसँगै सर्लाहीको इन्दुशंकर, बाराको रियलाइन्स चिनी उद्योगले पनि व्यावसायिक विद्युत उत्पादनका लागि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेका छन् ।

इन्दुशंकर र रियलाइन्सले पनि यो वर्षको उखु सिजनबाट विद्युत बेच्ने तयारी गरिरहेका छन् । प्राधिकरणले चिनी उद्योगले उत्पादन गर्ने विद्युत हिउँदको ४ महिना प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया