जग्गा अतिक्रमण प्रकरणमा पक्राउ परेका सामुदायिक वनका अध्यक्ष धरौटीमा रिहा

 माघ १८, २०७७ आइतबार ९:२२:५६ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - जिल्ला अदालत महोत्तरीले रम्तेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई धरौटीमा रिहा गरेका छन् । 

वन कार्यालयले त्यही सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्य अभियुक्त मानिएका राउतलाई पक्राउ गरेको थियो । गएकाे पुस दोस्रो हप्ता पक्राउ परेका उनी प्रहरी हिरासतमा थिए । न्यायाधीश दीपक खरेलको इजलासले अध्यक्ष राउतलाई आइतबार २ लाख ५० हजार रुपैयाँ धरौटी राख्न आदेश गरेका थिए ।

धरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मदनप्रसाद जैसवालले जानकारी दिनु भयाे । विसं २०४३ सालमा वन कार्यालयले रोपेको विरुवा र वन लगाएको जग्गालाई अध्यक्ष राउतले व्यक्तिको जग्गा भएको दाबी गर्दै काट्न डिभिजन वनमा सिफारिस गरेका थिए । वन प्रकरणमा मुछिएका अरु २१ जनाविरुद्ध वारेन्ट जारी गर्न अदालतले आदेश दिएको छ । 

डिभिजन वन कार्यालय जलेश्वरले गएको शुक्रवार वनका कर्मचारीसहित २२ जनाविरुद्ध मुद्दा हालेको थियो । रम्तेल डाँडा वन प्रकरणमा वनले ६ जनालाई मुद्दामा मुख्यअभियुक्त बनाइएको छ । अनुसन्धान अधिकृत रामसुन्दर साहकाअनुसार, वन कार्यालयका सहायक वन अधिकृतसहित ७ कर्मचारी, मालपोत र नापीका १/१ जना गरी ९ जना कर्मचारीविरुद्ध मुद्दा परेको हो । 

१ जना वडा सदस्य, सामुदायिक वनका अध्यक्ष, २ जना जग्गाधनी, १ जना काठ व्यापारी र सर्जमिन मुचुल्कामा सहीछाप गर्ने अन्य ८ जनासहित २२ जना पनि मुद्दामा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया