महोत्तरीको गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा ताला

 फागुन १३, २०७७ बिहिबार १८:२४:१४ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – महोत्तरीको गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा विद्यार्थीले ताला लगाएका छन् । विद्यालयमा ताला लगाएर विद्यार्थीले नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

कक्षा ९, १०, ११ र १२ का प्राविधिकतर्फका विद्यार्थीसँग विद्यालयले रकम उठाएको विद्यालयमा तालाबन्दी भएको हो । विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीसँग जनही १७ हजार तथा कक्षा ९ र १० का विद्यार्थीसँग आठ हजार पाँच सय रुपैयाँका दरले रकम उठाएको विद्यार्थीको गुनासो छ ।

शुल्क उठाएको विषयबारे विद्यार्थीको गुनासो रहेको विद्यालयका प्राविधिकतर्फका संयोजक सुरेन्द्र साहले बताउनुभयो । गौशाला नगरपालिकाका प्रवक्ता भोजबहादुर दर्लामीले विद्यार्थीका १३ बुँदे मागबारे छलफल गरी समाधान खोज्ने बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया