भारत : जुधाउनका लागि खुट्टामा चक्कु बाँधिएकाे भालेले लियाे मालिककाे ज्यान

 फागुन १६, २०७७ आइतबार १६:१५:३४ | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै – भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कु बाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चक्कुले उसकै मालिक गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएपछि उनलाई अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । 

यो घटनापछि प्रहरीले यस भाले जुधाइमा सहभागी १५ जनाको खोजी गरिरहेको छ । यो कार्यक्रम तेलङ्गानाको लोतुनुर गाउँमा यसै हप्ताको सुरुवातमा भएको थियो । 

ती मालिकको ज्यान गएपछि कुखुराको भालेलाई प्रहरी कार्यालय लगिएकाे र त्यहाँबाट एक फार्ममा पठाइएकाे बीबीसीमा उल्लेख छ ।  

प्रहरीका अनुसार 'खेल' का लागि कुखुराको भालेलाई तयार गरिँदै थियो र त्यही क्रममा उसले भाग्ने कोसिस गरेको थियो ।

भाग्न लागेको कुखुराको भालेलाई उसकै मालिकले समात्ने कोसिस गरे । भाले र उसको मालिकका बीच भएको सङ्घर्षमा उसको पन्जामा बाँधिएको सात सेन्टिमिटर लामो चक्कुले लाग्दा मालिक घाइते भएका थिए । 

'एएफपी न्युज एजेन्सी' को समाचारअनुसार यस घटनामा सहभागी व्यक्तिमाथि हत्या, अवैध सट्टाबाजी र कुखुराको भाले जुधाइकाे आयाेजना गरेको आरोप लगाइएको छ । 

'द न्यू इण्डियन एक्सप्रेस' का अनुसार स्थानीय प्रहरी अधिकारी बी जीवनले भने कुखुराको भालेलाई आउँदो तारिखमा अदालतमा पेस गरिनेछ । 

भारतमा कुखुराको भाले जुधाइमा सन् १९६० देखि प्रतिबन्ध लगाइएको थियो तर तेलङ्गानाको ग्रामीण क्षेत्रसमेत केही ठाउँमा यो जुधाइ अझै पनि गराइँदै आएको छ ।      

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया