अछामका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी

 फागुन २०, २०७७ बिहिबार १९:२६:३६ | चन्द्र थापा
unn.prixa.net

अछाम – गर्मीयाम बढेसँगै अछामका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भएको पाइएको हो । वनमा आगलागी भएसँगै नजिकै रहेका बस्ती धुँवामय बनेका छन् । 

अहिले सदरमुकाम मङ्गलसेन नजिकै रहेका मङ्गलसेन, कमलबजार, बान्नीगढी जयगढ, चौरपाटी, रामारोशनलगायतका पालिकाका सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको पाइएकाे छ । मङ्गलसेन नगरपालिका ७ मा रहेको लामाडाँडा कालापातल सामुदायिक वनमा गएकाे पाँच दिनदेखि डढेलो फैलिएको स्थानीय अगुवा कालुसिंह विकले बताउनुभयो । लामाडाँडा कालपातल सामुदायिक वनसँगै कमलबजार नगरपालिका ६ मा रहेको टिमिलेगैरा वाटाथला सामुदायिक वनमा पनि आगलागी भएको उहाँले जानकारी दिनुभयाे । कमलबजार नगरपालिका ७ सेराको सिमानामा रहेको वनबाट आगो सल्किएकाे उहाँकाे भनाइ छ । 

आगलागी नियन्त्रणका लागि स्थानीय तथा उपभोक्ता सक्रिय बन्नुपर्ने डिभिजन वन कार्यालय अछामका प्रमुख नारायणदेव भट्टराईले बताउनुभयाे । देश सङ्घीयतामा गएको र वनको संरक्षणका लागि पालिका, उपभोक्ता तथा वनका पदाधिकारी एकजुट हुनुपर्ने उहाँको भनाइ छ ।

कतिपयले घाँस राम्रो हुने र सल्लीपरिले वनक्षेत्र चिप्लो हुने भन्दै आगो लगाउने गरेको पाइन्छ । केही दिनअघि अछामकाे बन्नीगढी जयगढ बजार नजिकैको वनमा आगलागी हुँदा आगो बजार क्षेत्र तथा घर नजिकै पुगेको थियो । प्रहरी तथा स्थानीयको पहलमा आगो नियन्त्रण गरिएकाले भने थप क्षति हुन पाएन ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया