बस्ती छेउमै क्रसर उद्योग सञ्चालनमा आउन लागेकाे सुइँकाे पाएपछि उद्घाटन कार्यक्रम बिथाेलियाे

 फागुन २५, २०७७ मंगलबार २०:९:५३ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – बस्ती छेउमै क्रसर उद्योग सञ्चालनमा आउन लागेकाे सुइँकाे पाएपछि महोत्तरीको बर्दिवास नगरपालिका ६ किसाननगरका महिलाले उद्घाटन कार्यक्रम बिथोलेका छन् । गाउँकै बीचमा क्रसर उद्योग सञ्चालनमा ल्याउन लागेको खबर थाहा पाएपछि स्थानीय महिलाले मङ्गलवार विरोध जनाएका हुन् ।

स्थानीयले त्यस ठाउँमा क्रसर उद्योग सञ्चालन नगर्न माग गर्दै इलाका प्रशासन कार्यालय बर्दिवासमा ज्ञापनपत्रसमेत बुझाएका हुन । स्थानीय रीता भटराईले स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने किसिमले गाउँमै क्रसर उद्योगको उद्घाटन गर्ने सुरसार गरेपछि आफूहरूले विरोध गरेकाे बताउनुभयाे । 

यस सम्बन्धमा वडाध्यक्ष पदमबहादुर आलेले कार्यपालिकाको निर्णयअनुसार नै क्रसर उद्योगलाई त्यस ठाउँमा सार्नका लागि अनुमति दिएको बताउनुभयाे । आउँदाे शनिवार सर्वपक्षीय बैठक बसी निष्कर्ष निकाल्ने वडाध्यक्ष आलेले जानकारी दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया