जाजरकोटमा वैशाख १८ देखि एक हप्ताका लागि निषेधाज्ञा

 बैशाख १५, २०७८ बुधबार २०:२८:८ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकाेटमा आउँदो वैशाख १८ गते शनिवार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरिने भएको छ । कोभिड–१९ को नयाँँ भेरिएन्ट सहितको सङ्क्रमण तीव्र गतिमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि जाजरकाेटमा एक हप्ताका लागि निषेधाज्ञा लगाइने भएकाे हाे ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सर्वपक्षीय बैठक र जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निष्कर्ष निकालेकाे हाे । 

बैंक तथा वित्तीय सेवा, सवारी साधन, पसल, व्यवसाय सञ्चालन र आवश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गर्ने गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । 

निषेधाज्ञा अवधिमा तरकारी र खाद्यान्न पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिइनेछ । साथै एटीएम सेवा, औषधि पसल, एम्बुलेन्स लगायतका सेवा भने राेकिने छैनन् । यस अवधिमा केही पालिकाले तोकेका विद्यालयका परीक्षासमेत स्थागित हुने भएकाे छ । भेरी र बारेकोटबाहेक अन्य पालिकाले विद्यालय अहिलेसम्म बन्द गरेका छैनन् । 

जाजरकोटमा अहिलेसम्म परीक्षण गरिएकामध्ये ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया