छुटेलगत्तै अदालतबाटै फेरि पक्राउ परे प्रकाण्ड

 भदौ ७, २०७५ बिहीबार १९:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् । 

बिहीबार सर्वोच्च अदालतले प्रकाण्डलाई छाड्न आदेश दिएलगत्तै प्रहरीले अदालत परिसरबाटै दोश्रो पटक पक्राउ गरेको हो । यसअघि जबर्जस्ती चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्न आदेश दिएलगत्तै काभ्रेको क्रसर उद्योगमा विष्फोट गराएको आरोपमा पक्राउ गरिएको थियो । 

यसपटक पनि सर्वोच्चले विनाकारण थुनामा राखेको भन्दै छाड्न आदेश दिएलगत्तै फेरि प्रहरीले अदालतबाटै पक्राउ गरेको हो । यसपटक भने प्रहरीले गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावका क्रममा  नुवाकोटको ककनीमा कांग्रेस नेता डा. रामशरण महत चढेको जीपमा बम विष्फोट गराएको आरोपमा पक्राउ गरेको हो । 

प्रकाण्डलाई आजै नुवाकोट लगिएको छ । मंसिर १ गते विप्लव समूहले गराएको बम विष्फोटमा कांग्रेसका तीन जना कार्यकर्ता घाइते भएका थिए । 

जबर्जस्ती चन्दा असुलेको आरोपमा प्रहरीले गएको साउन २३ गते काठमाडौंको चाल्नाखेलबाट दुइजना सहयोगीसहित प्रकाण्डलाई पक्राउ गरेको थियो ।

 

याे पनि पढ्नुहाेस्
 

प्रकाण्डलाई पाँच दिन थुनामा राख्न अदालतकाे अनुमति, प्रकाण्ड भन्छन्: रातभर सुत्नै दिएनन्

प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालतको आदेश

रिहा भएलगत्तै किन पक्राउ परे प्रकाण्ड ?

प्रकाण्डको मुद्धामा तीन दिनको म्याद थप

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • C P Karki

    Aug. 27, 2018, 7:20 p.m.

    बिनाकारण चन्दा असुल्ने लाई कडाइका साथ कार्भाई गर्नु पर्छ।गरिब जनतालाई जबर्जस्त चन्दा आसुल गर्न पाइदैन यस्तो थाहा पाएमा कार्भाई जरुरी छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया