रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाडौं - जिल्ला अदालत काठमाडौंले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो ।
मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका प्रकाण्डसहित उनका ३ जना सहयोगीमाथि जब्बरजस्ती चन्दा असुली गरिएको अभियागमा मुद्दा दर्ता गरिएको छ ।
यसैबीच, पक्राउ परेका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम गरेकाे प्रतिक्रिया दिनुभयो ।
उहाँले आफू आवश्यक पर्दा देश र जनताका लागि जीवन बलिदान गर्न पनि तयार रहेको चेतावनी दिनुभयो ।
सरकारले देश र जनताको निम्ति राजनीनि गरिरहेको आफूलाई पक्राउ गरेर प्रतिक्रान्तिको नमूना प्रर्दशन गरेको प्रवक्ता प्रकाण्डको भनाई छ ।
पार्टीको कामको शिलशिलामा मंगलबार हेटौडाबाट काठमाडौं फर्कने क्रममा प्रवक्ता प्रकाण्डसहित तीन जनालाई प्रहरीले काठमाडौंको टौदहबाट पक्राउ गरेको थियो ।
पक्राउ परेका तीनै जनामाथि प्रहरीले जबरजस्ती चन्दा असुली गरेको अभियोगमा मुद्दा चलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sOMNATH ADHIKARI
Aug. 8, 2018, 7:30 p.m.नेकपामा प्रवेश गरि देश बिकासको अभियानमा लाग्न शुझाब छ साथै चन्दा मागी नागरिकलाइ दुख्ख नदिन अनुरोध छ ।