प्रदेश २ का विभिन्न ठाउँबाट सात सय थान अक्सिजन सिलिन्डर बरामद

 बैशाख २६, २०७८ आइतबार १६:५२:१९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – प्रदेश नम्बर  २ का विभिन्न ठाउँबाट सात सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको छ । आइतवार दिउँसो प्रदेश नम्बर  २ का विभिन्न ठाउँमा सञ्चालित उद्योग, कलकारखाना, कवाडी, ग्यास बेल्डिङ पसल तथा गोदाममा स्टक गरी राखिएको सात सय थान अक्सिजन सिलिन्डर बरामद गरिएको हो ।

नियन्त्रणमा लिइएकोमध्ये एक सय ३२ थान भरिएका सिलिन्डर रहेकाे पाँच सय ६८ थान खाली सिलिन्डर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । बरामद गरिएका सिलिन्डर सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल र आधिकारिक बिक्रेतालाई बुझाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

विषम परिस्थितिमा स्वास्थ्य प्रायोजनबाहेक जथाभाबी रूपमा अक्सिजन सिलिन्डर स्टक नगरिदिन प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया