जिल्ला अस्पताल लमजुङमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार निःशुल्क

 बैशाख ३१, २०७८ शुक्रबार १४:३४:३६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जिल्ला अस्पताल लमजुङले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने भएको छ । मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) को सहयोगमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिनुभयो ।

यसअन्तर्गत पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई अस्पतालमा अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, आकस्मिक सेवा, ल्याब सेवा, एक्स–रे लगायतका सबै सेवा निःशुल्क प्रदान गरिने प्रशासन प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार याे सेवाका लागि सम्बन्धित वडा कार्यालयमा बालबालिकाको जन्मदर्ता गराएको प्रतिलिपि अस्पतालमा पेस गर्नुपर्नेछ ।

अस्पतालमा गएको एक हप्तादेखि याे कार्यक्रम सुरु भइसकेको छ । याे कार्यक्रम तीन वर्ष (२०७८ देखि २०८०) सम्म चल्ने छ ।

यस्तै अस्पतालले जिल्लाका क्रियाशील पत्रकारहरूलाई बहिरङ्ग सेवामा ५० प्रतिशत छुट दिँदै आएको छ । गरिब, विपन्न व्यक्तिका साथै वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई पनि अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको प्रशासन प्रमुख श्रेष्ठले बताउनुभयो ।

याे अस्पताल मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया