लमजुङको हर्राबोट क्षेत्रका बाख्रामा पीपीआर सङ्क्रमण, १६ वटा बाख्रा मरे

 जेठ २५, २०७८ मंगलबार २०:०:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ हर्राबोट क्षेत्रमा पालिएका बाख्रामा पीपीआर रोग सङ्क्रमण देखिएको छ ।

धेरै बाख्रा बिरामी भएपछि बिरामी बाख्राको नमुना परीक्षण गर्दा पीपीआर रोग पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर रूपेश श्रेष्ठले जानकारी दिनुभयो । पीपीआर रोगबाट अहिलेसम्म ७४ वटा बाख्रा बिरामी परेका र १६ वटा मरेका उहाँले बताउनुभयो ।

बाख्रामा पीपीआर रोगको जोखिम बढेसँगै अहिले यस क्षेत्रका बाख्राको उपचार सुरु गरिएको उहाँले बताउनुभयो ।
‘विज्ञ केन्द्रले आवश्यक खोप उपलब्ध गराइसकेको छ । भोलि (बुधवार) देखि बाख्रामा खोप लगाइनेछ’, उहाँले भन्नुभयो, ‘बिरामी बाख्राको उपचार पनि सुरु भइसकेको छ ।’

सङ्क्रमण फैलिएकाले सामूहिक रूपमा बाख्राको चरिचरन नगर्न विज्ञ केन्द्रले किसानहरूलाई अनुरोध गरेको छ ।  

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया