एक महिलाबाट एकैपटक जन्मिए १० सन्तान

 जेठ २७, २०७८ बिहिबार १०:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका हुन् ।

गर्भवती भएको २९ हप्तामा शल्यक्रिया गरेर ती बच्चालाई जन्म दिएको र उहाँको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । ३७ वर्षकी सिथोले ६ वर्षअघि जुम्ल्याहा बच्चा जन्माउनुभएको थियो । प्रायः सन्तान उत्पादनसम्बन्धी उपचार गराएका व्यक्तिले बच्चा जन्माउँदा एकैपटक धेरै बच्चा जन्मने घटना हुने गरेकोमा सिथोले भने प्राकृतिक रुपमै गर्भधारण गर्नुभएको बताइएको छ ।

एकै पटक सर्वाधिक बच्चा जन्मिएको यो नयाँ कीर्तिमान हुन सक्ने र यस विषयमा अनुसन्धान गरिरहेको गिनिज वर्ल्ड रेकर्डले बताएको बीबीसीले जनाएको छ । यसअघि सन् २००९ मा अमेरिकामा एउटी महिलाले एकै पटकमा आठवटा बच्चा जन्माउनुभएको थियो ।

एकै पटक धेरै बच्चा जन्माएर बाँच्न सफल व्यक्तिको गिनिज वर्ल्ड रेकर्ड अहिले उहाँको नाममा रहेको छ । यसअघि एकै पटकमा नौ जना बच्चा जन्मिएका दुईवटा घटना अभिलेखमा छन् । तर तीमध्ये कुनै पनि बच्चा केही दिनभन्दा बढी बाँच्न सकेनन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया