ओछ्यानबाटै हराएकी ११ दिनकी शिशुको खाल्डोमा पुरिएको अवस्थामा शव फेला

 भदौ १२, २०७५ मंगलबार १२:२७:५६ | किरण लोहनी
unn.prixa.net

गोरखा – गएको भदौ ८ गते राति घरबाटै रहस्यमय रुपमा हराएकी ११ दिनकी मृत भेटिएकी छिन् । गोरखाको सिरानचोक गाउँपालीका २ थालाजुङ खमारीकी ती बालिका रहस्यमय रुपमा हराएकी थिइन् । न्वारान गरेकै रात स्थानीय सबल भण्डारी र रथी गुरुङ भण्डारीकी ११ दिनकी छोरी टीका ओछ्यानबाटै हराएकी थिइन् ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी टोलीले  घरबाट ३ सय मिटर माथि बारीमा बोराभित्र राखेर खाल्डोमा पुरिएको अवस्थामा शव फेला पारेको हो । मंगलबार बिहान ९ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमा रथीले नै छोरीलाई मारेको खुल्न आएको प्रहरी स्रोतले जनाएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भदौ ८ गते राति १ बजे आमा शौच गर्न गएका बेला बालिका हराएको जानकारी आए लगत्तै प्रहरीले खाजी कार्य शुरु गरेको थियो । रथी छोरीलाई लिएर राति सासूसँगै एउटै कोठामा सुतेकी थिइन् । राति १ बजेतिर बच्चा रोएपछि स्तनपान गराई सासूलाई जिम्मा लगाएर शौच गर्न गएका बेला बच्चा हराएको उनको दावी थियो । केही मिनेटकै बीचमा रहस्यमय रुपमा बच्चा हराएपछि प्रहरीले बच्चाको बुवा आमा सहित परिवारका सदस्यसँग सोधपुछ गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया