लमजुङका झरनामा गएर ‘टिकटक’ बनाउने बढे, प्रशासनले जान राेक लगायाे

 असार ३०, २०७८ बुधबार १९:५२:६ | श्यामशितल परियार
unn.prixa.net

फाइल फाेटाे

लमजुङ – लमजुङको बेसीसहर नगरपालिका १ उदीपुरमा रहेको गाईखुरे झरना लगायतका अन्य झरनामा जान लमजुङ प्रशासनले रोक लगाएको छ । हिउँदमा प्रायः सुनसान हुने गाईखुरे झरनामा बर्खाको समयमा पर्यटकको निकै घुइँचो लाग्ने गर्दछ ।

कोरोना सङ्क्रमणको जोखिम कायमै रहँदा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको र कतिपय झरना व्यवस्थित नभएकाले सुरक्षाका दृष्टिकोणले पनि जोखिमयुक्त रहेकाले स्वास्थ्य र सुरक्षा दुवैलाई मध्यनजर गर्दै जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईँटेलले जानकारी दिनुभयो ।

‘विशेषगरी बालबच्चा, किशोरकिशोरी, युवायुवती गाईखुरे लगायतका अन्य झरनामा गइ टिकटक बनाउने, पौडी खेल्ने, फोटो खिच्ने गरेको देखियो’, उहाँले भन्नुभयो, ‘कोरोना सङ्क्रमणको जोखिम कायमै छ । कतिपय झरना सुरक्षाका दष्टिकोणले पनि जोखिमयुक्त छन् । त्यसैले स्वास्थ्य र सुरक्षा दुवै पक्षलाई ध्यानमा राखी तत्कालका लागि झरनामा जान रोक लगाइएको हो ।’ 

डुम्रे–बेसीसहर सडक खण्डमै रहेको गाईखुरे झरनामा प्रहरी खटाइनुका साथै अनुगमनसमेत गरिएको प्रमुख जिल्ला अधिकारी लुईँटेलले बताउनुभयो । कोरोना सङ्क्रमणको जोखिम नहटेसम्म झरनामा जान रोक लगाइएको हो ।

जोखिम कम हुँदै गएपछि सम्बन्धित पालिका र सरोकारवालाको समन्वयमा झरनामा जान÷घुम्न सक्ने वातावरण सिर्जना गर्न उपयुक्त हुने उहाँले बताउनुभयो । मनसुन सुरु भएसँगै यहाँका थुप्रै साना तथा ठूला झरनामा पर्यटकको घुइँचो लाग्ने गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया