लमजुङमा घरेलु तथा साना उद्योगको संख्या बढ्दो, ४ अर्ब लगानी

 साउन ९, २०७८ शनिबार १९:५४:२२ | श्यामशितल परियार
unn.prixa.net

फाइल तस्बिर

लमजुङ – लमजुङमा घरेलु तथा साना उद्योगमा उद्यमीहरुको आकर्षण बढ्दै गएको छ । परम्परागत कृषि तथा उद्यमलाई व्यावसायिक बनाउनतर्फ यहाँका उद्यमीहरु अग्रसर भएका हुन् ।

जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगहरुको संख्या ४ हजार ७ सय ४८ पुगेको घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका प्रमुख तोपलाल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा यहाँ ९ सय ६९ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । यस्तै, त्यही आर्थिक वर्षमा २६ वटा घरेलु उद्योग र ४४ वटा वाणिज्यतर्फका उद्योग खारेज भएका छन् । 

कार्यालयमा दर्ता भएका उद्योगहरुमा कृषि फर्म, सिलाइ–कटाइ, कुटानी–पिसानी, कृषि औजार, बेकरी उद्योग, मौरीपालन लगायतका उद्योग रहेका उहाँले बताउनुभयो । विशेषगरी बेसीशहर, सुन्दरबजार, भोटेओडार, भोर्लेटार र खुदी लगायतका लमजुङका मुख्य व्यापारिक तथा बजारी क्षेत्रमा व्यवसाय तथा पसलहरु सञ्चालनमा आएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

जिल्लामा बर्सेनि घरेलु तथा साना उद्योगको संख्या बढेसँगै लगानी पनि थपिँदै गएको छ । हालसम्म जिल्लाका विभिन्न उद्योगमा झण्डै चार अर्ब हाराहारीमा लगानी भएको घरेलु तथा साना उद्योग कार्यालय, लमजुङले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया