प्रचण्ड र उर्जामन्त्रीसहितको टोली मनाङकाे बाढी प्रभावित क्षेत्र अवलाेकन गरि फर्कियाे

 साउन २३, २०७८ शनिबार १८:५३:८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोलीले शनिवार मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । ​बाढीपहिराका कारण मनाङमा पुगेको भौतिक क्षतिको निरीक्षणका लागि उहाँहरु मनाङ पुग्नुभएको हो ।​

उहाँहरुसँगै पूर्व मन्त्री देवप्रसाद गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, उर्जा सचिव देवेन्द्र कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्य, सडक विभागका महानिर्देशक अर्जुन थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल लगायतको टोलीद्वारा  मनाङको बाढी प्रभावित पिसाङ, दानाक्यु, चामे लगायतका क्षेत्रको स्थलगत निरीक्षण भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछोनेले बताउनुभयाे ।​

निरीक्षणपश्चात् पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निमार्ण र विस्थापितहरुको पुनर्स्थापनामा सरकारले सघाउने र त्यसका लागि आफूले पनि पहल गर्ने बताउनुभएको छ ।  

प्रमुख जिल्ला अधिकारी लामिछानेले मनसुनजन्य गतिविधिबाट मनाङका १६ वटा झोलुङे पुल, ७ वटा मोटरेबल पुल, ५ वटा लघु जलविद्युत आयोजना, ११ वटा खानेपानी आयोजना, ५ वटा सिँचाइ आयोजनामा क्षति पुग्नुका साथै ८५ घरमा पूर्ण क्षति पुगेको र  बाढीबाट १ हजार जना विस्थापित भएका निरीक्षण टोलीलाई जानकारी गराउनुभएको थियो ।

निरीक्षण टोली आज (शनिबार) नै मनाङबाट काठमाण्डाै फर्किसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया