राेल्पामा एम्बुलेन्स दुर्घटना, एक जनाकाे ज्यान गयाे

 साउन ३०, २०७८ शनिबार १०:३:४१ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा - रोल्पामा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । एक जना घाइते भएका छन्। 

दुर्घटनामा परि एम्बुलेन्सका चालक माडी गाउँपालिका–६ जलपाका ३७ वर्षीय ओमप्रकाश घर्तीमगरको घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

भैरहवाबाट लाप्चुन शव पुर्याएर घर्तीगाउँ जाने क्रममा स्मृति हस्पिटल प्रालिको रा १ ज ७०५ नम्बरको एम्बुलेन्स बिहान साढे ३ बजे माडी गाउँपालिका–२ झ्याङ्जेखोलामा दुर्घटना भएको हाे । 

स्मृति हस्पिटल प्रालिका अध्यक्ष दलबहादुर घर्तीले एम्बुलेन्समा रहेका पृथिप्रसाद पुन सामान्य घाइते हुनुभएकाे र उहाँकाे उपचार भइरहेकाे जानकारी दिनु भएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया